Logo

रेभा एमडिआई मिल्क ड्रिक्स बजारमा, विदेशी मिल्क ड्रिंक्सको आयात घटाउने उद्देश्य

रेभा एमडिआई मिल्क ड्रिक्स बजारमा, विदेशी मिल्क ड्रिंक्सको आयात घटाउने उद्देश्य



काठमाडौं । रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिले रेभा, एमडिआई ब्राण्डको मिल्क ड्रिक्स बजारमा ल्याएको छ । नेपालको औद्योगिक नगरी बुटवलमा २०५२ सालमा स्थापित पवित्र डेरी उद्योगको अर्को व्यवसायिक प्रतिष्ठननका रुपमा स्थापना गरिएको उद्योगले आफ्ना उत्पादनहरु नेपालभरी अधिकुत बिक्रेतामार्फत बिकी्र वितरण शुरु गरेको छ ।

यसैक्रममा उद्योगले शुक्रवारबाट काठमाडौंमा पनि आफ्नो उत्पादनको बिक्रि वितरण शुरु गरेको हो । पवित्र डेरी उद्योगको अर्को परियोजनाको रुपमा बुटवल उपमहानगरपालिका वार्ड नं. १४मा स्थापित महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रा.लि. २०७८ साल चैत देखि सञ्चालनमा आएको हो । उद्योगले स्वदेशमा नै गुणस्तरीय सामानहरु उत्पादन गरी सर्वसुलभ दरमाआफ्नाउपभोक्ताहरुको माझमा पु¥याउने लक्ष्यलिएको शुक्रवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन,डिलर भेटघाट तगा प्रडक्ट लञ्च कार्यक्रममा उद्योगका प्रबन्ध निर्देशक मेघराज भण्डारीले जानकारी दिए ।

उद्योगले नेपालमा उत्पादनन हुने टिनको क्यानबाहेक अन्य सामाग्रीहरु स्वदेशी नै प्रयोग गरेको र समग्र साधन स्रोतको परिचालनमा ८०% स्थानीय र २०% आयात गरी उद्योग सञ्चालन गरिएको संचालक भण्डारीले जानकारी दिए । यसबाट विदेशी उत्पादन आयात कम भई देशको व्यापार घाटालाई कम गर्न सहयोग गर्ने बताए । तर क्यानमा लाग्दै आएको भ्याट बढि भएकोले सरकारले यसमा शतप्रतिशत छुट तथा भन्सार महशुल करलाई १% घटाएर बनाएमा विदेशी उत्पादनसगँ प्रतिस्पर्धा गर्नका लागि सहज हुने उनको धारणा छ ।

यसैबीच कार्यक्रममा नेपाल डेरी एशोसिएसन अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा अबौं रुपैयाको दुग्धजन्य पदार्थ आयात गरेको उल्लेख गर्दै त्यस्ता चिजहरुको आयात प्रतिस्थापन गर्न पनि यस्ता उद्योगको प्रर्वधन आवश्यक रहेको बताए । वाग्मती प्रदेशका सुपर डिलर केशव मैनालीले विदेशी उत्पादन भन्दा महाबलेश्वरको स्वदेशी उत्पादन उत्कृष्ट रहेको बताए । कम्पनीका नेशलन सेल्स म्यानेजर ऋषि अधिकारीले कम्पनीले गुणस्तरलाई ध्यान दिँदै प्रडक्ट उत्पादन गरेको र यो उत्पादनले छोटो समयमा नै उपभोक्ताको मन जितेको बताए ।

उद्योगले २०७५ सालमा माघ १० गते स्ट्रलाइज बदाम मिल्क बनाउने उदेश्यले २० करोडको लागानीमा बुटबल १४ रुपन्देहीमा महावलेश्वर डेरी एण्ड वेभरेज ई.प्रा.लि. स्थापना गरेको हो । । २०७८ माघ देखि आफ्नो उत्पादन सुरु गरेको यस उद्योगले दैनिक २ हजार लि. दुग्ध प्रशोधन गर्दै १२ हजार क्यान बदाम मिल्क उत्पादन गर्दछ ।

हाल यस उद्योगमा ३० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिदै आएको छ । हाल यस उद्योगबाट उत्पादित रेवा र एमडीआई ब्राण्डका बदाम मिल्क नेपालभर मुख्य शहरहरु पूर्व मेची देखी पश्चिम महाकालीलगायत पोखरा काठमाण्डौंसम्म विभिन्न डिलरहरुर्माफत बिक्रि वितरण हुदै आएको छ । रेवा र एमडीआई ब्राण्डका बदाम मिल्कको उत्पादन प्रकृया सर्वप्रथम विभिन्न सहकारी मार्फत गुणस्तर चेकगरी कम्प्युटर माध्यमबाट दुध संकलन गरि संकलित दुधलाई तुरुन्तै ४ डिग्री सेल्सीयस तापक्रममा राखिन्छ र टेंकर मार्फत डेरी उद्योगमा डेलिभरी गरीन्छ । उद्योगमा आइसके पछि गुणस्तर चेकजाँच गरीन्छ र चेकजाँच गरी दुध रिसिभ गरिन्छ । गुणस्तरको मापदण्ड एसिडिटी, पm्याट, एसएनएफ, अल्कोहल टेस्ट गरिन्छ ।

यस उद्योगसंग जोडिएका करीब ५ सय किसान परीवारहरुलाई प्रत्येक १५÷१५ दिनमा आफ्नो दुधको भुक्तानी दिने व्यवस्था मिलाइएको छ । उनीहरु सहकारी बचत कार्यक्रममापनि सहभागी छन् । उनिहरुलाई दुग्धव् यवसाय राम्रो जिव नगुजाराको माध्यम बनेको छ । २ वटा उद्योगले मात्र किसानलाई मासिक करिब रु.१ करोड भूक्तानी गर्दछन । गुणस्तर निणन्त्रणका लागि यस उद्योगले आफ्नै माइक्रो ल्याब स्थापना गरको छ ।

जसमा कच्चा पदार्थको परीक्षण साथै उत्पादित बदाम मिल्क को गुणस्तर जाँच गरी बिक्रिका लागी बजारमा पठाइन्छ । बदाम यस उद्योगले प्रयोग गर्ने बदामसिधैं म्यालिफर्निया देशबाट आयात गरिन्छ र प्रत्येक क्यानमा २ देखि ५ ग्राम राखिन्छ । मेसिनरी यस उद्योगले विश्व प्रख्यात जर्मन प्रविधिबाट बनेको स्वचालित दुग्ध प्रशोधन, फिलिङ, स्टेरलाइजेसन मेसिनहरु प्रयोग गर्दै आएको छ ।

यस्तै यसको मातृ उद्योग पवित्र डेरीले दुग्धजन्य उत्पादनहरु प्याकेट दुध, दही, घिउ, पनिर, मक्खन साथै आईसक्रिम उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आईरहेको छ । उद्योगले सिसाको बोटलमा स्ट्रलाइज फ्ल्ेवर मिल्कको समेत उत्पादन गरी बिक्री वितरण गरेको थियो । पवित्र डेरी उद्योग २०५२ कार्तिक ११ गते बुटवल उ.म.न.पा.–६ मा पवित्रा डेरी संचालनमा आएको थियो । हाल यस उद्योगमा सम्पूर्ण दुग्धपदार्थ उत्पादन हँुदै आएको छ । यसको मुख्य उत्पादन पवित्राज ब्राण्डको आइसक्रिम हो । १५जिल्लामा बजार बिस्तार गरी सकेको यसको अर्को मुख्य उत्पादनप वित्राज शुद्ध डेरी घ्यू हो ।

हाल यस कम्पनीको लगानी ५करोड पुगी सकेको छ र कुल टर्नओभर ८ करोड रहेको छ । दैनिक २ हजार लिटर दुधप्रशोधन गरी विभिन्नदुग्धपदार्थहरु बनाउदै आएको छ । हाल यस उद्योगमालगभग २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन । यस उद्योगको सुद्धोधनगा.पा.माआफ्नै दुग्ध संकलन केन्द्र रहेको छ । सहकारी प्रणालीबाट २५० कृषक परिवार जोडिएका छन् भने दैनिक १५०० लि. दुध संकलन भईरहेको छ । २०५८ सालमा नेपालको पहिलो स्टेरलाइज फेलेभर मिल्कपञ्चामृत ब्रान्डको ग्लास बोटमा बनाएको थियो । पवित्रा डेरी उद्योगसंगै यसै उद्योगको लगानीमा २०६२ सालमा बुटवल उ.म.न.पा.–१४, बेलभरीयामा १०० वटा होलस्टेन गाई पाल्ने उद्धेश्यले २ विगाहा जग्गाखरिद गरी करीब २ करोडको लागतमा डेरी फार्म स्थापना गरिएको थियो । जुन स्थानमा अहिले महावलेश्वर डेरी एण्ड वेभरेज ई.प्रा.लि. स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL