Logo

स्प्यारो एसएमएसको नेपालमा भोईस ब्रोडकास्टिङ सेवा सुचारु

स्प्यारो एसएमएसको नेपालमा भोईस ब्रोडकास्टिङ सेवा सुचारु



काठमाडौं । स्प्यारो एसएमएस, नेपालको एक अग्रणी सन्देश सेवा प्रदायक कम्पनी हो र बल्क एसएमएस व्यवसायमा प्रख्यात छ। स्प्यारो भोईस ब्रोडकास्टिङ सेवा, सबैभन्दा लोकप्रिय बल्क एसएमएस प्रणालीको परिष्कृत संस्करण हो जुन हालै स्प्यारो द्वारा प्रस्तुत गरिएको छ।

स्प्यारो भोईसले व्यक्ति वा संस्थालाई आफ्नो सन्देश अडियो ढाँचामा एकै पटक फोन कल मार्फत ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न मद्दत गर्न सक्छ। विभिन्न समूहका व्यक्ति तथा व्यवसायहरूले अब यस स्वचालित विधिबाट लक्षित समूहमा आफ्ना सन्देश वा सूचनाहरू सजिलै पुर्‍याउन सक्छन्।

चाहे त्यो चुनावी उम्मेद्वार होस् वा व्यवसाय, उनिहरूले आफ्नो अभियान, उत्पादनहरू, सेवाहरू, वा ठूलो संख्यामा मानिसहरूलाई कुनै पनि निमन्त्रणाको बारेमा जानकारी फैलाउन सजिलैसँग स्प्यारो भोईस प्रयोग गर्न सक्छन्।

प्रसारण गर्न अडियो फाइल कुनै पनि भाषामा र तपाईंको आफ्नै आवाजमा रेकर्ड गर्न सकिन्छ, जसले लक्षित दर्शकहरूलाई विभाजन गर्न र थप व्यक्तिगत रूपमा जानकारी प्रदान गर्न मद्दत गर्दछ। स्प्यारो भ्वाइसले आफ्ना सन्देशहरू पढ्न नसक्ने व्यक्तिहरूको लागि सूचना प्रसारणको अवरोधलाई पनि हटाउँछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाका अनुसार आगामी स्थानीय तहको निर्वाचनमा स्प्यारो भोईस निकै सहयोगी हुने बताए । भौगोलिक बाधा वा आफ्नो व्यस्त तालिकाको बावजुद, उम्मेदवारहरूले आफ्ना प्रत्येक मतदातालाई आफ्नो अभियानको एजेन्डा सञ्चार गर्न सक्छन्।

स्प्यारो भोईस न्यूनतम ३० सेकेन्डबाट सुरु हुने र सबै दूरसंचार नम्बरहरूमा समान उचित दरमा स्प्यारो को विभिन्न भ्वाइस प्रसारण प्याकेजहरू प्रदान गर्दछ। यो सेवा रोज्नको लागि तपाई सजिलैसँग स्प्यारो अफिसमा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL