Logo

आईएमई लाइफको चौथो वार्षिक साधारणसभा सम्पन्न, मर्जरका लागि संचालक समितिलाई अख्तियारी प्रदान

आईएमई लाइफको चौथो वार्षिक साधारणसभा सम्पन्न, मर्जरका लागि संचालक समितिलाई अख्तियारी प्रदान



काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्‍याडिसनमा साधारणसभा सम्पन्न भएको हो ।

सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरिएको छ भने नयाँ सञ्चालक समिति पनि गठन गरिएको छ ।

यस्तै कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत भएको छ ।

कार्यक्रममा डा. अर्यालले बीमा व्यवसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको बताउँदै कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिएको बताए । उनले बीमा सम्बन्धि जानकारी, जनचेतना र बीमाको पहुँच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पु¥याउन कटिबद्ध रहेको सो क्रममा बताए । आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितोरुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता पनि उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL