Logo

एमभि दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपाल भित्र्याएको २० वर्ष पूरा

एमभि दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपाल भित्र्याएको २० वर्ष पूरा



काठमाडौं। नेपालको प्रतिष्ठित व्यापारिक घराना एम.भि.दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लि.को ट्रयाक्टर जोन डीयर सफलता पूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ । चन्द्रागिरि हिल्स काठमाण्डौंमा भव्य कार्यक्रमका बीच सहयात्राको २० औं वर्ष मनाएको छ ।

उक्त समारोहमा एम.भि.दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रा.लि.का १५० जनाभन्दा बढी कर्मचारीहरु तथा जोन डीयर इण्डीया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जो¬न) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदिको उपस्थिति रहेको थियो । २ दिन सम्म चलेको उक्त कार्यक्रममा एम.भि.दुगड् ग्रुपका अध्यक्ष मोतीलाल दुगड्ले जोन डीयर संगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुशीको भएको र सुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको बताए ।

उपाध्यक्ष विवेक दुगड्ले यो ट्रयाक्टर अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएको हुनाले र देशै भर पैmलिएको बिक्री तथा सेवा केन्द्रहरु तथा अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताए । कार्यक्रममा एम.भि.दुगड् ग्रुपमा लामो समयदेखि सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ठ कर्मचारीहरुलाई पनि अवार्ड वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL