काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि युथ स्पिक फोरम सञ्चालन गर्ने भएको छ । कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो । त्यसयता यसले एक्सन फर एसडिजि २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
यस वर्ष वाइएसएफको मुख्य विषय युवा विकास र उनीहरुको चासोलाई सम्बोधन गर्नुरहेको छ । कोका–कोला नेपालले विगत ५ वर्षदेखि युवा सशक्तिकरण र दिगो भविष्यको उद्देश्य सहित आइसेकसँग साझेदारी गर्दै आएको छ ।
वाइएसएफ इंगेज विथ आइसेक अन्तर्गतको एउटा कार्यक्रम हो जसको मुख्य उद्धेश्य युवा सशक्तिकरण रहेको छ । यस कार्यक्रमले विभिन्न क्रस सेक्टर र मल्टिजेनेरेसनल स्पेसका युवा नेताहरुलाई विश्वव्यापी मुद्धाहरुको बारेमा छलफल गर्न एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । सशक्तिकरण, सहभागिता र प्रतिबद्धता गरी तीन चरणमा सञ्चालन हुने यो कार्यक्रमले युवाहरुलाई बहस र छलफलका निस्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र त्यस मार्फत कसरी दिगो विकासका लक्ष्यहरु हासिल गर्नको निम्ति योगदान दिन सकिन्छ भन्ने कुरामा जोड दिन्छ ।
अहिलेको पुस्ता अनियन्त्रित फोहोर व्यवस्थापनको असरले प्रत्यक्ष प्रभाव पारेको पहिलो पुस्ता हो र यसबारेमा केही गर्न सक्ने पनि अन्तिम पुस्ता हो । यस वर्षको युथ स्पिक फोरमको विषय ‘स्वच्छ भोलिको लागि दिगो फोहोर व्यवस्थापन’ रहेको छ ।
वाइएसएफको तीनै चरणका कार्यक्रमहरु संयुक्त राष्ट्रसंघको सबैका लागि स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने एवम् दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने दुई मुख्य दिगो विकास लक्ष्यहरुमा केन्द्रित हुनेछन् ।
कोका–कोलाको ‘संसारलाई रिफ्रेस गर्ने र हरेक किसिमबाट सकरात्मक परिवर्तन गर्ने’ उद्धेश्य र आइसेकको “मानवीय क्षमताको पूर्णसदुपयोग र शान्ति’उद्धेश्यसहित यसपालिको योथ स्पिक फोरम सञ्चालन हुँदैछ जसले यिनीहरु दुवैलाई आफ्नो उद्धेश्यको एक कदम नजिक ल्याएको छ ।