Logo

सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, चार सञ्चालक चयन

सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, चार सञ्चालक चयन



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आव २०७६र०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित गरिएको छ ।

उक्त साधारण सभाबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरुमा क्रमशः अनुज क्याल, सशांक अग्रवाल, किरण केसी र नारायण रुगटा निर्विरोध निर्वाचित भएका छन् ।

आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक सुशील एण्ड एसोसियट्स चाटर्ड एकाउन्टेन्टस्का सुशील घिमिरे (एफसिए) लाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको पुँजी वृद्धि गर्ने लगायत प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL