Logo

रियलमीको सी–३५ नेपालमा सार्वजनिक, सबैभन्दा स्टाईलिश इन्ट्री–लेभल स्मार्टफोन भएको दाबी

रियलमीको सी–३५ नेपालमा सार्वजनिक, सबैभन्दा स्टाईलिश इन्ट्री–लेभल स्मार्टफोन भएको दाबी



काठमाडौं(जस)–स्मार्टफोन ब्रान्ड रियलमीले बिहीबार नेपालमा सी–३५ सार्वजनिक गरेको छ । यो फोन सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन भएको रियलमीले जनाएको छ ।

रियलमी सी-३५ मा फ्लागशिप स्तरको ५० एमपी प्राईमरी क्यामेरा, स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाईन गरिएको र डाईनामिक ग्लोईङ्ग डिजाइनमा छ भने ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीन गरी दुई रङमा उपलब्ध छ ।

यसमा ५००० एमएएच् ब्याट्री र फास्ट चार्जको व्यवस्था तथा ३९ दिनसम्म टिक्न सक्ने ब्याट्री छ । रियलमीले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन उपलब्ध गराउँदै आएको छ । जसअन्तरगत नयाँ स्मार्ट फोन नेपाली बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL