Logo

एससिटीको नयाँ लोगो सार्वजनिक, सेवाहरूमा पनि सुधारको घोषणा

एससिटीको नयाँ लोगो सार्वजनिक, सेवाहरूमा पनि सुधारको घोषणा



काठमाडौं । नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनीका रूपमा अग्रणी भूमिका निर्वाह गरिरहेको एससीटी, स्मार्ट च्वाइस टेक्नोलोजीजले आफ्ना सेवाहरूमा सुधारको घोषणाका साथै आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नेपालबाट सञ्चालित यस कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

एससिटी नेपाललाई पहिलोपटक विल्कुलै नयाँ इन्टग्रेटेड शेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथप्रदर्शक रहेको छ । बिहीबार एससिटीले आफ्ना आयामहरुलाई अझ विस्तृत गर्दै विविध किसिमका सेवाहरूलाई एउटै छातामुनि एकीकृत गरेको छ यसले दोहोरो इन्टरफेस (सम्पर्कसहित र सम्पर्कविहीन) देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्राष्ट्रिय), एटीएम र पीओएसको परस्पर सम्बन्ध, बिएफआइहरूबीचको अन्तरसञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरुको गेटवे, क्यूआरसी भुक्तानी प्लेटफर्म र यस मार्फत् वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवाहरु प्रवाह गर्दै नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार र विकासमा सघाउ पुर्याएको छ ।

‘हामीले हाम्रो पोर्टफोलियोमा थपेका हाम्रो नयाँ सेवाहरु अगाडि ल्याउन पाउँदा उत्साहित छौं नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मद्दत पुर्याउने कम्पनीको भिजनलाई नयाँ लोगोले सङकेत गर्छ । क्यान ईन्फोटेक प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिदै आइरहेको इभेन्टमा हाम्रो लोगो र सेवाहरु सार्वजनिक गर्नु यस इभेन्ट भन्दा उचित अवसर अरु कुनै हुन सक्दैन,’ सीईओ नारायण प्रकाश भुजु बताउँछन् ।

सन् २००१ मा स्थापित, एससिटी र एसिटी नेटवर्क को रुपमा चिनिने स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंक अन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो । एससिटीले नेपालका अधिकांश वाणिज्य बैंकहरु, विकास बैंकहरु, पिएसपि पेमेण्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरुलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरु उपलब्ध गराउँछ । एससिटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेसनल, पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL