Logo

रिलायन्स लाइफले ल्यायो ‘बीमालेख पुनर्जागरण अभियान’, शतप्रतिशत बिलम्ब शुल्क छुट

रिलायन्स लाइफले ल्यायो ‘बीमालेख पुनर्जागरण अभियान’, शतप्रतिशत बिलम्ब शुल्क छुट



काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले जारी भएका तर हालसम्म नवीकरण नभएका इन्स्योरेन्स बीमालेखका लागि पुनर्जागरण अभियान शुरु गरेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना दुई वर्ष वा सोभन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागु हुनेछ । यसका साथै बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिनेछ ।

हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई उनीहरु र उनीहरुसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ । यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान सञ्चालन गरेको छ ।

उक्त पुनर्जागरण अभियान वैशाख ७ गते देखि २६ गतेसम्म आफ्नो व्यतित भइसकेका बीमालेखहरु बिलम्ब शुल्क बिना नै नवीकरण गर्ने व्यवस्था गरी आफ्ना ग्राहकहरुलाई यो अवसरको फाइदा लिन कम्पनीले अनुरोध गरेको छ ।

वैशाख २६, २०७९ सालसम्म मात्र यो अभियान सञ्चालन हुने हुँदा समयमा नै आफ्नो व्यतित भइसकेको बीमालेख नवीकरण गरी आफ र आफ्ना परिवारलाई सुरक्षित गर्न कम्पननीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL