Logo

हुन्डाईको आयोनिक ५ ‘कार अफ द इयर’ घोषणा, वर्षको विश्व इलेक्ट्रिक भेहिकल वर्ल्ड कार डिजाइन अफ द इयर पनि बन्न सफल

हुन्डाईको आयोनिक ५ ‘कार अफ द इयर’ घोषणा, वर्षको विश्व इलेक्ट्रिक भेहिकल वर्ल्ड कार डिजाइन अफ द इयर पनि बन्न सफल



काठमाडौं । हुन्डाई IONIQ 5 वल्र्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधाहरूमध्ये तीनओटामा विजेता बनेको छ । आफ्नो रिलिज पश्चात् नै फरक डिजाइन र पर्फमेन्सको लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयर बन्न सफल भएको छ । साथै यो वर्षको विश्व कार अफ द इयर अवार्ड पनि हात पार्न सफल भयो ।

डिजाईन अफ द इयर क्याटगोरीमा IONIQ 5 को फरक शैली र नौलो डिजाइनले Audi e–Tron GT र Kia EV6 लाई पछि पारेको छ । आयताकार हेड र टेल ल्याम्पसहितको IONIQ 5 को रेट्रो डिजाइन जो कोहीलाई मोहित पार्ने खालको छ ।

त्यस्तै, IONIQ 5 ले विश्व कार अवार्डमा पहिलो पटक समावेश रहेको इलेक्ट्रिक भेहिकल अफ द इयर श्रेणीमा पनि Audi e–Tron GT र Mercedes EQS भन्दा अगाडि रहन सफल रह्यो । स्मार्ट मोबिलिटीलाई प्रोत्साहन गर्ने हेतुले सुरु गरिएको योक्याटगोरीमा हुन्डाईले शीर्ष स्थान पाउनुले उसको स्मार्ट मोबिलिटीप्रतिको प्रतिबद्धता देखाउँछ ।

यसका साथै हुन्डाई IONIQ 5 ले KIA EV6 र Ford Mustang March E लाई पछि पार्दै विश्वकै सबैभन्दा ठूलो अवार्ड वर्ल्ड कार अफ द इयर २०२२ पनि हात पार्यो । इन्टरनल कम्बसन इन्जिन कार सहित अन्य सबै कारहरूमध्ये छानिने यो जितले बिजुलीका गाडीहरुले पछिल्लो समयमा मारेको फड्कोलाई प्रतिविम्बित गर्ने कम्पनीले बताएको छ ।

IONIQ 5 ले गत वर्षको सुरुवातमा रिलिज भएसँगै निकै प्रशंसा बटुलीरहेको थियो । विश्वका ३३ विभिन्न देशका १०२ पत्रकारहरूको प्यानलको भोटले छानिने WCOTY अवार्डमा यसले ६ मध्ये तीनओटा विधामा विजेता रहनुले IONIQ 5को विशिष्टता रहेको स्पष्ट पारेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो वर्ष विजेता IONIQ 5 सँगै विश्व कार अफ द इयरको फाइनलमा सबै विद्ध्युतीय सवारी मनोनयनमा पर्नुले इन्टरनल कम्बसन इन्जिनहरूको तुलनामा विद्युतीय सवारीहरू पनि अब्बल रहेको छनक दिन्छ । दिगो गतिशीलताको बारेमा बढ्दै गएको कुराकानी र चेतना अभिवृद्धिमा यो ऐतिहासिक रेकर्डले सघाउने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्