Logo

रन सुजको २५ मोडेलका नयाँ जुत्ता बजारमा, ग्राहकहरुले ६ महिनाको वारेन्टी पाउने

रन सुजको २५ मोडेलका नयाँ जुत्ता बजारमा, ग्राहकहरुले ६ महिनाको वारेन्टी पाउने



काठमाडौं । रन सुज इण्डष्ट्रिजले नयाँ वर्ष लक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । कम्पनीले स्पोर्ट्समा १५ नयाँ मोडलका र पार्टी, क्याजुयल गरी २५ मोडलका जुत्ताहरू बजारमा ल्याएको हो । स्पोर्टस् सुजमा युवा लगायत सबै उमेर समूह सम्मकाहरुलाई रहेको कम्पनीको भनाइ छ ।

स्वदेशमै उत्पादित जुत्ता चप्पलहरुको प्रयोगले हाल उत्पन्न भएको तरलता अभाव तथा स्वदेशी आत्मनिर्भरतामा समेत सहयोग पुग्ने र आम देशबासी ग्राहकहरुले स्वदेशी उत्पादनको प्रयोगमा टेवा पुर्याउने कम्पनीका अध्यक्ष रुद्र न्यौपानेले बताए ।

रनका नयाँ मोडलका जुत्ताहरुमा उच्च गुणस्तरीय कच्चा पदार्थहरुको प्रयोग गरी बनाइएको, लचिलो सोलका साथै चार एम.एम. को लचकदार इनसोलको प्रयोग गरि निकै आरामदायी हुनुका साथै सर्वसुलभ मुल्य रहेकोे कम्पनीले जनाएको छ । रनका जुत्ताहरुमा ग्राहकहरुले ६ महिनाको वारेन्टी समेत पाउने गरेका छन् ।

रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, विराटनगर, बाग्लुङ्ग, नेपालगञ्ज, अत्तरिया, धनगढी लगायत स्थानहरुमा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम सहित ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण हुँदै आएको छ भने चाडै निर्यातको तयारीमा कम्पनी लागेको छ ।

उद्योगले हाल ६०० भन्दा धेरै मोडलका पार्टी सुज, स्पोर्टस शुज, क्याजुअल शुज, लोफर, स्कुल÷कलेज शुज तथा लेडिज र जेन्स चप्पल उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL