Logo

यूनाइटेड सिमेन्टद्वारा निर्माणकर्मीलाई प्रशिक्षण, सिमेन्ट र गुणस्तरिय निर्माण विषयमा प्रशिक्षण

यूनाइटेड सिमेन्टद्वारा निर्माणकर्मीलाई प्रशिक्षण, सिमेन्ट र गुणस्तरिय निर्माण विषयमा प्रशिक्षण



काठमाडौं । यूनाइटेड सिमेन्ट्सले काठमाडौं तथा ललितपुरको विभिन्न स्थानमा निर्माणकर्मीहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरिय निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको छ।

निर्माणका विषयमा सम्बन्धित ठेकेदार र मिस्त्रिहरुलाई तालिम दिनु आवश्यक रहेकाले कार्यक्रमको पुनः थालनी गरिएको सिमेन्ट्सले जनाएको छ । हालसम्म ४ स्थानमा सयौं निर्माणकर्मीलाई प्रशिक्षण दिइसकेको र यो कार्यक्रम निरन्तर चलिरहने कम्पनीको भनाइ छ ।

सिमेन्ट के हो र कसरी बन्छ भन्ने प्राविधिक जानकारीको साथै राम्रो गुणस्तरको सिमेन्ट मसला बनाउने तरिका, डण्डी बाध्ने सही तरिका, कंक्रिटका विभिन्न ग्रेडहरुको बारेमा जानकारी सो क्रममा दिइइको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL