Logo

सिद्धार्थ इन्स्योरेन्सको २० औं वार्षिक साधारणसभा सम्पन्न, मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित

सिद्धार्थ इन्स्योरेन्सको २० औं वार्षिक साधारणसभा सम्पन्न, मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित



काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे ।

जसअनुसार आ.व.२०७७/७८ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत रु. २ अर्व ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन देखिएको छ भने चालु आ.व.को साधारण सभाको दिन सम्म कम्पनीले १ अर्व ९२ करोड बीमा शुल्क आर्जन गरेको छ ।

सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्व १२ करोडको १५ प्रतिशत बोनस शेयर जारी गर्ने तथा कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश प्रदान गर्ने र मर्जर सम्वन्धि विशेष प्रस्ताव समेत पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL