काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् ।
नवनियुक्त दासलाई फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरे । दास यसभन्दा अगाडी नेपालको चर्चित ब्राण्ड ब्राण्ड कोकाकोलामा आबद्ध थिए ।
उनी कोकालामा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर,कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर,टे«ड मार्केटिङ हेड लगायतको भूमिकामा थिए ।
फोनपेमा उनले विजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवद्र्धनको कार्य सम्हाल्ने कम्पनीले जनाएको छ । उनको आगमनसँगै कम्पनीले थप सफलता हासिल गर्ने अपेक्षा फोन पेले गरेको छ।