Logo

स्मार्ट च्वाइस टेक्नोलोजिज र स्मार्ट कार्ड नेपालबीच भुक्तानी सेवासम्बन्धी सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज र स्मार्ट कार्ड नेपालबीच भुक्तानी सेवासम्बन्धी सम्झौता



काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र स्मार्ट कार्ड नेपालबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

काठमाडौँमा सोमबार आयोजित विशेष कार्यक्रमकाबीच स्मार्टच्वाइसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात माई पे वालेट प्रयोगकर्ताले माई पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टह रूलाई भुक्क्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

माई पेमार्फत विभिन्न व्यापार—व्यवसायमा आवद्व व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्