Logo

न्यू इयर इभमा इसेवामार्फत स्क्यान टु पे गर्दा शतप्रतिशत क्यासब्याक पाइने

न्यू इयर इभमा इसेवामार्फत स्क्यान टु पे गर्दा शतप्रतिशत क्यासब्याक पाइने



काठमाडौं । इसेवा मार्फत चैत ३० गते बुधवार न्यू इयर इभका दिनमा स्क्यान टु पे मार्फत भुक्तानी गर्दा शत प्रतिशत क्यासब्याक पाइने भएको छ ।

सोही दिन इसेवाको मोबाईल एप्स्मार्फत फोनपे नेटवर्कमा स्क्यान टु पे गर्दा सय जनाले अधिकतम रु २०७९ सम्म शतप्रतिशत क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।

साथै न्यू इयर इभका दिनमा विभिन्न्न मर्चेन्ट,रेष्टुरेन्ट, क्लव, रिसोर्ट लगायतका हस्पीटालिटीमा भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै इसेवा मार्फत भुक्तानी गर्ने व्यक्ति फोनपेको हेलिकप्टरमार्फत सगरमाथा घुम्न पाइने अफरमा समेत सहभागी हुनेछन् ।

फोनपे नेटवर्कमा न्यू इयर इभका दिनमा भुक्तानी गर्ने दश जना ग्राहक र १० वटा मर्चेन्टले हेलिकप्टर मार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने नाम्चे बजार नजिकै रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ । यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोला प्रथा मार्फत घोषणा गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL