Logo

जीवन विकास लघुवित्तको तेस्रो वार्षिक साधारणसभाबाट सिटौला र खतिवडा सञ्चालकमा चयन

जीवन विकास लघुवित्तको तेस्रो वार्षिक साधारणसभाबाट सिटौला र खतिवडा सञ्चालकमा चयन



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुवेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मीरादेव विशिष्ट अतिथि तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधिहरू अतिथिको रुपमा आमन्त्रीत रहेको कम्पनीले जनाएको छ ।

उक्त सभाबाट सर्व साधारण शेयरधनीहरु मध्येबाट २ जना सञ्चालक चयन हुनुपर्नेमा तिन जनाको उम्मेदवारी रहेको थियो । उक्त २ जना सञ्चालक छनौटका लागि भएको निर्वाचनमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भएका छन् ।

नव नियुक्त सञ्चालकहरुलाई वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुबेदीले प्रमाण पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका छन् । साधारणसभाबाट नगद लाभांश तथा बोनस सेयर सम्बन्धी प्रस्ताव पारित भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL