Logo

हिमाल सरसफाई अभियानमा कोका-कोलाको साथ, ३५ हजार किलो फोहोर संकलन हुने अनुमान

हिमाल सरसफाई अभियानमा कोका-कोलाको साथ, ३५ हजार किलो फोहोर संकलन हुने अनुमान



काठमाडौं । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारा सहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गरेको छ ।

पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्धेश्य भएको बताइएको छ । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजङ्घा गरी ८,००० मिटर भन्दा अग्ला हिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोला सहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागि छन् ।

चैत्र २२ देखी जेष्ठ ५ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिने छ । प्रतिकुल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL