Logo

केन्ट आरओको नयाँ वर्ष २०७९ अफर, ग्राहकलाई ३ लाखको दुर्घटना बीमा

केन्ट आरओको नयाँ वर्ष २०७९ अफर, ग्राहकलाई ३ लाखको दुर्घटना बीमा



काठमाडौं । ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालीको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “स्वछ पानी, साथमा बीमा पनि, केन्ट आर.ओ.सँग ढुक्क छ जिन्दगानी” भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडल र केन्ट हेपा एयर प्युरिफायरको खरिदमा रु. ३ लाखको दुर्घटना बीमा पाउनुहुनेछ । यो ग्राहक योजना चैत्र २५, २०७८ देखि सम्पूर्ण नेपालमा सिमित अवधिको लागि मात्र लागू गरिएको छ ।

आज सफा पिउने पानीे आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । तपाईंले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ ।

साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ । पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ । यसैले, केन्ट आर.ओ.बाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL