काठमाडौं । विश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समुहअन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले नेपालभर बिक्रि अनुमति पाएसँगै कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।
यसै अवसरमा गुफीको नामबाट प्रख्यात प्रमोद श्रेष्ठलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइद्वारा सम्मान गरिएको छ । प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर हुन् । उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने प्रमोद जी ले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गरेका छन् । सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सिसिबाट पूर्व९पश्चिम राजमार्ग ९मेची – महाकाली० चलाएर यात्रा गरी क्रीतिमान समेत कायम गरेका छन् ।
बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेका प्रमोद श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण “८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा” अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागी हर्ष संघाइले हस्तान्तरण गरे ।