Logo

डिसहोमले ल्यायो एक वर्षमा २४ महिनाको योजना, १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्न पाउने

डिसहोमले ल्यायो एक वर्षमा २४ महिनाको योजना, १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्न पाउने



काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ । डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको हो । यो योजनामा डिशहोमको डिलर दाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् । यससंगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले एक लाख पनि जित्न सक्ने छन् ।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुनेछ । १ बर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र रु १ लाख जित्ने यो योजनाको फाईदा २०७८ चैत्र २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन ।

एक दशकदेखी स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो । साथै डिटिएच प्रविधि मार्फत टेलिभिजन सेवा दिईरहेको डिशहोमले फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेम मा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL