Logo

इसेवामार्फत कुनै पनि बैंकको क्रेडिट कार्ड भुक्तानी निःशुल्क, यो योजना अप्रिल ३० सम्म सञ्चालन हुने

इसेवामार्फत कुनै पनि बैंकको क्रेडिट कार्ड भुक्तानी निःशुल्क, यो योजना अप्रिल ३० सम्म सञ्चालन हुने



काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत कुनैपनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानि निःशुल्क गर्न सकिने भएको छ । अनलाइनमार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको हो ।

जसले गर्दा बैंक तथा वित्तीय संस्थाबाट क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई ठुलो सहजता हुने अपेक्षा गरिएको छ । यो योजना अप्रिल ३० सम्म सञ्चालन हुनेछ । नेपालमा पछिल्ला दिनमा क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको संख्या निकै बढिरहेको छ । इसेवामा हाल ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाईल मार्फत सहजै क्रेडिट कार्ड भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका प्रयोगकर्ताले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा क्यास पोइन्ट मार्फत क्रेडिट कार्ड रकम भुक्तानी गर्न सक्नेछन् ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ । इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL