Logo

भिभोले दुई नयाँ स्मार्टफोन लन्च गर्दै, गुणस्तरीय र नवीन सुविधाहरू उपलब्ध हुने

भिभोले दुई नयाँ स्मार्टफोन लन्च गर्दै, गुणस्तरीय र नवीन सुविधाहरू उपलब्ध हुने



काठमाडौं । भिभोले आफ्नो युवा उन्मुख वाई सिरिज अन्तर्गत दुई उत्कृष्ट मोडल वाई३३ एस र वाई०१ सार्वजनिक गर्ने भएको छ । सार्वजनिक हुन लागेका वाई सिरिजका स्मार्टफोनहरू अझ केही वृद्धिहरु सहित प्रयोगकर्ताहरुका लागि समान गुणस्तरीय र नवीन सुविधाहरूको साथ आउने अपेक्षा गरिएको छ ।

भिभोको वाई३३एस मा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा छ । जसमा फोटोग्राफरहरू, सामग्री सिर्जनाकर्ताहरू र सामाजिक सञ्जाल उत्साहीहरूले सम्भव भएसम्म हरेक पल कैद गर्न सक्नेछन् । अल्ट्रा–क्लियर शटहरू लिन तथा दिन र रातमा फोटोहरु खिच्न धेरै शुटिङ मोडहरू पनि यसमा छन् । यो स्मार्टफोनमा ठूलो ब्याट्री छ । जुन ५००० एमएएच हो । जसले प्रयोगकर्ताहरूलाई ब्याट्री सक्किन चिन्ताबाट मुक्त गराँउदै सबै अविस्मरणीय क्षणहरू खिच्न सक्ने सुनिश्चित गर्दछ ।

अर्कोतर्फ, ५००० एमएएच को लामो समयसम्म टिक्ने ब्याट्री लाइफको साथ वाई०१ अन–द–गो पुस्ताको लागि उत्कृष्ट स्मार्टफोन हो । यदि तपाईं यात्रा गर्न मन पराउने, धेरै भिडियोहरू वा फोटोहरू खिच्न मन पराउने, वा घण्टौंसम्म गेमहरू खेल्नहुन्छ भने आगामी वाई०१ तपाईंको लागि उत्कृष्ट छनौट हुन् सक्छ । यसबाहेक, क्रिस्प र इमर्सिभ गेमिङ तथा कन्टेन्ट उपभोग अनुभवको लागि फोनमा ६.५१ इन्च एचडी+ हेलो फुलभ्यू डिस्प्ले रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL