Logo

बेलायतको टेङ्गोपेबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु, सुरुको तीन महिना कुनै शुल्क नलाग्ने

बेलायतको टेङ्गोपेबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु, सुरुको तीन महिना कुनै शुल्क नलाग्ने



काठमाडौं । रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर र बेलायतको टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै बेलायतमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले टेङ्गोपेको मोबाइल एप तथा वेबसाइटबाट रेमिट्यान्स पठाउन सकिने भएको ईसेवाले जनाएको छ ।

रेमिट्यान्स सोझै सम्बन्धित व्यक्तिको बैंक खातामा र देशभर ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ । टेङ्गो पेबाट पैसा पठाउँदा सुरुको ३ महिनासम्म कुनै शुल्क नलाग्ने कम्पनीले स्पष्ट गरेको छ ।

रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट सि.ई.ओ, अजेस कोइराला र टेङ्गोपेको तर्फबाट नेर्देशक बसिर संगर्वालले हस्ताक्षर गरेका छन् ।

सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका सि.ई.ओ कोइरालाले भने, “बेलायतमा नेपालीहरुको प्रभुत्व एकदमै ठुलो मात्रामा रहेको छ, र इसेवा मनी ट्रान्सफर र टेङ्गोपेको रेमिट्यान्स भुक्तानी सम्झौताले धेरै नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन एक नयाँ माध्यम थपिएको छ । यसबाट सहजै डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले पनि धेरै नेपालीले यस माध्यमको प्रयोग गर्ने कुरामा हामी विश्वस्त छौं” ।

प्रतिक्रिया दिनुहोस्
MBL