Logo

डिजी पेले ल्यायो नौलो फ्रान्चाइज योजना, मनग्गे आम्दानीको अवसर

डिजी पेले ल्यायो नौलो फ्रान्चाइज योजना, मनग्गे आम्दानीको अवसर



काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था डिजी पे प्रा.लि. ले आफ्नो पहुँच मुलुकका दूरदराज गाउँसम्म विस्तार गर्न, सर्वसाधारणलाई अझै बढी विद्युतीय भुक्तानी सम्बन्धी कार्यका साथै ज्ञान बढाउन र आफ्नो सेवा तथा सुविधाहरु अझ प्रभावकारी बनाउन’डिजी पे फ्रान्चाइज’ मार्फत ’स्थानीय बिजनेस पार्टनरसिप’ योजना अगाडि सारेको छ ।

सन् २०१७ मा स्थापित डिजी पे एपबाट युटिलिटी पेमेन्टबाहेक ई–कमर्स, इभेन्ट तथा ट्राभल टिकट खरिद–बिक्री, डिजिटल भोटिबका साथै पहिलोपटक नगदमासमेत कारोबार गरी ग्राहक तथा व्यवसायीले हरेक खर्च तथा व्यापारमा आम्दानी गर्न सक्नेछन् । नेपालमा चलिरहेका फ्रान्चाइजीहरूमध्ये यो पहिलो र एकमात्र डिजिटल मोडलमा आधारित नौलो फ्रान्चाइज प्लेटफर्म हो । करोडौंको लगानीमा निर्मित डिजी पे एप, फ्रान्चाइजी लिनेले कम्पनीबाट उपलब्ध पूर्णव्यापारिक योजना लागू गरी सहज तरिकाले मनग्गे आम्दानी गर्न सक्नेछन् । कम्पनीद्वारा प्रक्षेपित न्यूनतम लक्ष्य प्राप्त गर्दा पनि मासिक ४ देखि ५ लाख रुपैयाँसम्म कमाउन सकिने छ ।

भौगोलिक आधारलाई ध्यानमा राखी सीमित संख्यामा मात्र वितरण गरिने डिजी पे फ्रान्चाइजमा आबद्ध हुन वा सहकार्य गर्न इच्छुक व्यवसायीलाई कार्य दक्षता पूर्णहासिल गर्नु नपर्ने र न्यूनतम लगानीमा बिनाझन्झट ख्याति प्राप्त तथा आधिकारिक ब्रान्डसँग सहकार्य गर्दै शीघ्र व्यवसाय सञ्चालन गरी अकल्पनीय मुनाफा तथा अवसर प्राप्त गर्न सकिने छ । उच्च प्राविधिक दक्षता आवश्यक नपर्ने, पूर्णपरीक्षित तथा प्रमाणित एप, निर्धारित भौगोलिक क्षेत्रमा आधारित, थोरै लगानीमा पनि आबद्ध हुन सकिने, कम जोखिम तथा उच्च मुनाफा, चौबिसै घन्टा प्रभावकारी नेटवर्क तथा प्राविधिक सहयोग, निर्देशित तथा व्यावसायिक योजना, विशेष तथा भिन्न आम्दानीको स्रोत, छोटो अवधिमा लगानीको प्रतिफल, सामाजिक तथा व्यावसायिक सम्मान लगायत डिजी पे फ्रान्चाइजका विशेषताहरू हुन् ।

हालसम्म १ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको डिजी पे एपमा ३ सयभन्दा धेरै व्यवसायी आबद्ध भइसकेका छन् र यो क्रम बढ्दो छ । प्रभावकारी बजारीकरण योजना, न्यून जोखिममा उच्च मुनाफा प्राप्त गर्न सकिने यस डिजी पे फ्रान्चाइज योजनाबाट मुलुकभरि ठूलो परिमाणमा रोजगारीको समेत अवसर सिर्जना हुने कम्पनीको अपेक्षा छ । डिजी पेको यस फ्रान्चाइजलाई अझ बढी प्रभावकारी प्रचारप्रसार तथा प्रवर्द्धन गर्नका लागि पूर्व मिस नेपाल तथा सञ्चारकर्मी सुगारिका केसीलाई ब्रान्ड एम्बेसडर’ नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL