Logo

क्लासिक टेकको रात्रीकालिन फिल्ड सपोर्ट सेवा, चौबिसै घण्टा सेवा दिने

क्लासिक टेकको रात्रीकालिन फिल्ड सपोर्ट सेवा, चौबिसै घण्टा सेवा दिने



काठमाडाैँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकलाई चौबिसै घण्टा फिल्ड सपोर्ट सेवा दिने भएकाे छ ।

कम्पनीले रात्रीकालिन फिल्ड सपोर्ट सेवा ६ महिनाबाट अधिकांश सहरहरुमा परीक्षण गरिरहेको र यसलाई कार्यान्वयन गर्न ८०० जना थप कर्मचारी देशभरका परिचालन गरेकाे छ ।

नेपालमा सन् २००९ देखि शुभारम्भ भएको र १२ वर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थस्फूर्त सेवा दिँदै आएको छ।

कम्पनीले ग्राहकलाई कम्प्लेन टिकेट रजिष्टर भएपछि ग्राहकको अनुमतिमा राती १० बजेसम्म सेवा दिने र आगामी दिनमा यसलाई अझै बढाउने जनाएकाे छ ।

ग्राहकको गुनासे दर्ता भएको २ घण्टाको कार्य अवधिमामा कम्पनीले सपेर्ट दिन सकिने बताएको छ। कम्पनीले ग्राहकको गुनासे दर्ता भएर आफ्नो कारणबाट ग्राहकलाई समयमा सपेर्ट दिन नसकेकोमा ‘टाइम व्याक कम्पनसेसन’ दिँदै आएको छ।

थप जानकारी को लागि https://www.facebook.com/ClassicTech ,https://www.classic.com.np वा ९८०१००६६३३ बाट पनि सोधपुछ गर्न सकिने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL