Logo

ज्योति फाउण्डेसनद्वारा होण्डा जेनेरेटरसहित हिमालय उद्धार संघ नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

ज्योति फाउण्डेसनद्वारा होण्डा जेनेरेटरसहित हिमालय उद्धार संघ नेपाललाई स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले हिमाली क्षेत्रका स्वास्थ्यमा पहुँच नभएका ठाउँबाट स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघ नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कम्पनीले हिमालय उद्धार संघलाई अक्सिजन, भिडियो एक्सरे, तथा अन्य डायग्नोष्टिक उपकरणहरु सहयोग गरेको हो ।

नेपालका लागि होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरुको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनीले स्वस्थ शिविर सञ्चालन तथा उद्धार कार्यमा सहज गर्न उक्त उपकरण सहयोग गरिएको बताएको छ ।

ज्योति समुहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेशनका संचालक मिरा ज्योति र स्यकाकर ट्रेडिङ्ग कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिले एक कार्यक्रमबीच उक्त संस्थालाई सहयोग स्वरुप होण्डा जेनेरेटर हस्तान्तण गरेका हुन् ।

उनीहरुले सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै भविष्यमा समेत आवश्यक सहयोग गर्ने बताए । यस ब्राण्डका जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम इन्धन खपत, कम आवाज, न्यूनतम सञ्चालन खर्च, वातावरणमैत्री र भरपर्दो भएको कम्पनीले जनाएको छ ।

होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्री हुने पावर प्रोडक्टमा पर्ने गरेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL