Logo

जगदम्बा ग्याल्भा+ र जगदम्बा सुपर शाइन : नेपालको इतिहासमै पहिलोपटक तेस्रो देश निर्यातको थालनी

जगदम्बा ग्याल्भा+ र जगदम्बा सुपर शाइन : नेपालको इतिहासमै पहिलोपटक तेस्रो देश निर्यातको थालनी



काठमाडौं । जगदम्बा ग्याल्भा+ नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्युमिनियम–जिंक कोटिङ भएको उत्पादन हो । जगदम्बा ग्याल्भा+ पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोत्कृष्ठ उपकरणको प्रयोग छ जसले घरको लागि उच्चतम सुरक्षा, दीर्घायु जीवन र आकर्षक स्वरुप सुनिश्चित गर्दछ ।

देशकै अग्रणी स्टिल उत्पादक कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बा स्टिलका उत्पादनहरु, जगदम्बा सुपर शाइना र ग्याल्भा+ रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ ।

जगदम्बा ग्याल्भा+को प्राथमिक फाइदा यसको खिया प्रतिरोधात्मक विशेषता हो । जगदम्बा ग्याल्भा+ एन्टी–कोरोजन प्रविधि सहित निर्माण गरिएको हो जसले पाताको प्रारम्भिक क्षति रोक्दछ र यसलाई टिकाउ बनाउँछ । एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्दछ । अन्य कोटिङ प्रविधिहरूको तुलनामा एल्युमिनियम–जिंक कोटिङ भएको जगदम्बा ग्याल्भा+ उत्पादनहरूमा खिया प्रतिरोधात्मक क्षमता अझ उच्च हुन्छ जसले जसतो प्रतिकूल मौसममा पनि दीर्घकालिन सुरक्षा प्रदान गर्दछ । भारी वर्षा, उच्च आर्द्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा+मा रहेको हुन्छ । उच्च आर्द्रता भएको क्षेत्रमा ग्याल्भा+ले सबैभन्दा मजबुत सुरक्षा प्रदान गर्दछ ।

जगदम्बा ग्याल्भा+ले पातामा अधिक तौल थप्दैन र उच्च मजबुती र वजन अनुपात कायम राख्दछ । स्टील जत्तिकै यसको कोटिङ पनि कडा र टिकाउ हुन्छ । जगदम्बा सुपर शाइन, प्रिमियम रंगद्वारा कोटिङ गरिएका पाताहरूले उत्कृष्ट रंग प्रविधि (सुपिरियर पेन्ट टेक्नोलोजी) प्रयोग गर्दछ जसले थप सुरक्षा प्रदान गर्दछ । उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्दछ। अन्य कम्पनीका साधारण पेन्ट कम समयमै फिका हुँदै जान्छ र १–२ वर्षमा छाना पुरानो देखिन थाल्छ । यस प्रविधिले धेरै वर्षसम्म छानालाई नयाँ राखी घरलाई अतिरिक्त सौन्दर्य प्रदान गर्ने सुनिश्चित गर्दछ ।

ग्राहकहरूमाझ गुणस्तरीय उत्पादन पु¥याने उद्देश्यले जगदम्बा ग्याल्भा+ विस्तृत गुणस्तर परीक्षणहरूको माध्यमबाट प्रशोधन गरिन्छ । जगदम्बा सुपरशाइनको सतहमा एक सुरक्षात्मक “गार्ड फिल्म“को प्रयोग गरिएको हुन्छ जसले गर्दा ढुवानी र भण्डारणको समयमा सम्भावित क्षतिलाई रोक्छ। पर्यावरण मैत्री सामग्री एवं पर्यावराण मैत्री उत्पादन प्रक्रिया मार्फत जगदम्बा ग्याल्भा+ र जगदम्बा सुपर शाइन उत्पादन हुन्छ ।

ग्याल्भा+को प्रयोग निर्माणमा छत, क्लेडिङ, संरचनात्मक सेक्सन, प्यानल आदिमा प्रयोग गरिन्छ भने विद्युतीय उपकरण जस्तै वाशिङ मेशीन, फ्रिज, टोस्टर, माइक्रोवेभ आदिमा पनि प्रयोग गरिन्छ । साथै अन्य कार्यहरू जस्तै एयर डक्ट, लाइटिङ, कम्प्युटर केसिङ आदिमा प्रयोग हुन्छ ।

जगदम्बा स्टील्सले ल्यायो ग्याल्भा+ र सुपर शाइन नेपाली बजारमा

जगदम्बा स्टील्सले हालै नेपाली बजारमा ग्याल्भा+ र सुपर शाइन प्रस्तुत गरेको छ । कम्पनीले केही समय अघि मात्र सिमरा स्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरी उत्पादन कार्य सुरु गरेको हो । प्रतिष्ठित निर्माण समूह शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टील्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो, जसको उत्पादन क्षमता वार्षिक घण्ण्ण् मेट्रिक टन, रोलिङ मिल (टीएमटी) क्यापसीटी छ। साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो ।
नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादन कम्पनीको रूपमा जगदम्बा स्टील्सले विभिन्न प्रकारका स्टील उत्पादन बजारमा ल्याई उत्पादन विविधिकरणको कोशेढुङ्गा पार गरिसकेको छ । साथै, यस कम्पनीले देशको माग अनुसार उत्पादन क्षमता विस्तार गर्नुको साथै रोजगारी सिर्जनाको सन्दर्भमा देशलाई थप आर्थिक सहयोग प्रदान गर्दै कुल घरेलु उत्पादन तथा कर योगदानमा पनि विशेष सहायता दिँदै आएको छ । उत्पादन तथा प्रविधिमा सफलतापूर्वक नवप्रवर्तन हासिल गर्दै २५ वर्ष पूरा गरिसकेको जगदम्बा स्टील्स ग्याल्भा+ पश्चात् पनि थप अत्याधुनिक निर्माण सामाग्री यहाँको बजारमा ल्याउन प्रतिबद्ध छ । हाल जगदम्बा स्टील्सले एक लाख ३२ हजार टन प्रतिवर्ष (०.३५ ह १२५०) ग्याल्भा+ र एक लाख दस हजार टन प्रतिवर्ष (०.३५ ह १२५०) सुपर शाइन उत्पादन गर्दै आएको छ।

जगदम्बा ग्याल्भा+, प्रिमियम एल्युमिनियम–जिंक कोटेड शिट जसलाई ग्याल्भल्युम पनि भनिन्छ, एक अलोय कोटिङ गरिएको उत्पादन हो जसमा तौलको हिसाबले ५५% एल्युमिनियम, ४३.५% जिंक र १.५% सिलिकन मिश्रित हुन्छ । जगदम्बा ग्याल्भा+ नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम हो जसले फलामलाई अक्सिडेशनबाट बचाउँदछ र परिणामस्वरूप उत्पादनलाई सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ बनाउँदछ । विभिन्न रंगको विकल्पमा उपलब्ध यही ग्याल्भा+लाई भने जगदम्बा सुपर शाइनको नाम दिइएको छ । नाम र रंगमा फरक भएतापनि यसको उत्पादन र रासायनिक गुणहरू एउटै हुन् । विभिन्न आकर्षक रंगले कोटिङ गरिएको जगदम्बा सुपर शाइन जस्ता पाताहरू कच्चा मालको रूपमा एल्युमिनियम–जिंक कोटेड प्लेट (पीपीजीएल) प्रयोग गरी निर्माण गरिन्छ । एल्युमिनियमले जगदम्बा ग्याल्भा+ वा जगदम्बा सुपर शाइनलाई नेपाली बजारमा उपलब्ध साधारण ग्याल्भेनाइज्ड स्टील भन्दा भिन्न बनाउँदछ ।

शंकर ग्रुप

शंकर बिभिन्न क्षेत्रमा काम गर्ने नेपालको एक विश्वव्यापी बहुआयामिक समूह हो। यस कम्पनी दक्षिण एशियाली क्षेत्रको उत्पादन, व्यापार र सेवामा समर्पित छ। यसका व्यवसायहरू विश्वव्यापी रूपमा प्रसिद्ध व्यवसायीहरूसँग जोडिएका छन् जो आ–आफ्नो क्षेत्रहरूमा प्रसिद्ध छन् । यस कम्पनीले राष्ट्रिय अर्थतन्त्र र समुदायको सेवा गरेर आफ्नो व्यवसाय बढाउन आफ्नो उद्यम र स्रोतहरू प्रयोग गर्दछ जसका कारण शंकर ग्रुप राष्ट्रिय कोषमा सबैभन्दा बढी योगदानकर्ताहरूमा गनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL