Logo

शाओमी १२ प्रो को लागि प्रि-बुकिङ खुला, यस्तो छ मूल्य र विशेषता

शाओमी १२ प्रो को लागि प्रि-बुकिङ खुला, यस्तो छ मूल्य र विशेषता



काठमाडौँ । ग्लोबल टेक्नोलोजी कम्पनी शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत ११ बाट चैत १५ सम्म खुल्ला हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रि–अर्डरमा यो फोन विशेष अफर सहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्दा रु. ५ हजार क्यासब्याक तुरुन्तै पाइन्छ । साथै मी नेक ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबि प्लस २५६ जिबिमा रु. १ लाख १४ हजार ९ सय ९९ मा उपलब्ध छ ।

यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् । यसमा केही त्यस्ता विशेषताहरु छन् जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ ।

त्यस्तै विशेषता मध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो । नेपालमा शाओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ । यसले फोन १८ मिनेटमै फुल चार्ज गर्छ ।

शाओमी १२ प्रोमा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ । यो १२ जीबी प्लस २५६ जीबीको स्टोरेजमा उपलब्ध छ । ८ जेनरेसन १ स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० एमपीको मेन क्यामेरा र ५० एमपीको टेलिफोटो र ५० मेगापिक्सेलकै वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।

यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो । यसले मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ ।

तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ । सेल्फीको लागि यसमा 32 एमपिको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन÷कर्डोनका ४ वटा स्पिकरहरु छन् जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ । शाओमी १२ प्रो जनिकैको एमआई स्टोर र रिटेल स्टोरहरुमा प्रि बुकिङको लागि खुल्ला रहेको र मार्च ३० देखि बिक्री शुरु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL