Logo

वीरगञ्जका उद्योगीको माग : नेपाली गाडीलाई भारतमा सहज प्रवेश, उद्योगलाई एकल अंकको ब्याजमा ऋण

वीरगञ्जका उद्योगीको माग : नेपाली गाडीलाई भारतमा सहज प्रवेश, उद्योगलाई एकल अंकको ब्याजमा ऋण



काठमाडौं । पछिल्लो एक सातादेखि काठमाडौंमा रहेका वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुले विभिन्न निकायका पदाधिकारीसमक्ष विभिन्न मागहरु राखेका छन् । संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताको नेतृत्वमा आएको भ्रमण टोलीले यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्री बालकृष्ण खाण, अर्थ मन्त्री जनार्दन शर्मा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालगायतसँग भेटघाट गरिसकेको छ ।

यस्तै टोलीले वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेय, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गभर्नर महाप्रसाद अधिकारी, र भन्सार विभागका महानिर्देशक कमलप्रसाद पौडेलसँग पनि भेटिसकेको छ ।

यी सबै भेटघाटमा टोलीले आफ्ना समस्या र समाधानका उपायका मागहरु राखेको छ । जसमा नेपाली मालवाहक र निजी गाडीलाई भारतमा सहज प्रवेश, व्यवसायी तथा उद्योगीलाई एकल अंकमा बैंक ऋणलगायतका मागहरु राखेका हुन् ।

पछिल्लो समय भारतीय गाडीहरुलाई नेपालमा सहज प्रवेशको व्यवस्था भएपनि भारतमा भने नेपाली गाडीलाई सहज पहुँचको व्यवस्था नभएको प्रति उनीहरु रुष्ट छन् । यस्तो व्यवस्थामा सहजीकरण गर्दै मुख्यगरी मालवाहक गाडीहरु भारतका विभिन्न स्थानमा पुग्न पाउनुपर्ने माग उनिहरुको छ ।

यस्तै टोलीले आयकर छुट, भन्सार चेकजाँचमा कडाई, नेपाली उत्पादनलाई प्रोत्साहनलगायतमा मागहरु पनि राखेका थिए ।

यी हुन् मागहरु ।

प्रतिक्रिया दिनुहोस्
MBL