Logo

नेपाल–भारत विद्युत व्यापार : प्रति युनिट ३८ रुपैयाँमा किनेर ४ रुपैयाँमा बिक्री, प्राधिकरणलाई १ महिनामै ८ अर्ब घाटा

नेपाल–भारत विद्युत व्यापार : प्रति युनिट ३८ रुपैयाँमा किनेर ४ रुपैयाँमा बिक्री, प्राधिकरणलाई १ महिनामै ८ अर्ब घाटा



काठमाडौं । भारतबाट आयात हुने विद्युतको मुल्य बढेसँगै नेपाल विद्युत प्राधिकरण उच्च घाटामा गएको छ । बिजुली आपूर्तिमा समस्या हुँदा नेपालले भारतसँग खरिद गर्ने विद्युत मुल्य बढेर प्रति युनिट ३८ रुपैयाँ पुगेसँगै प्राधिकरण उच्च घाटामा गएको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बिश्वब्यापी मन्दीका कारण आपूर्ति कम हुदा प्रति युटिन भारु २० पर्दै छ । यस अघि प्रतियुनिट २ देखि ४ भारतीय रुपैयाँमा खरिद गर्दै आएकोमा गत हप्तादेखि बढाएर प्रतियुनिट भारु २० पुर्र्याएको छ ।
प्राधिकरणले भारतमा प्रतियुनिट ४ रुपैयाँमा बिक्री गर्दै आएपनि भारतबाट खरिद गर्दा प्रतियुनिट ३८ रुपैयाँ पुगेको हो । प्राधिकरणले बिहिवार पत्रकार सम्म्मेलन आयोजना गरेरै प्रस्ताब नै नपर्दा नेपाले किन्ने बिजुली महङो परेको जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो सम्म १२ भारुमा प्रस्ताब हाल्दा नपरेको जानकारी दिए । सस्तोमा खरिद गर्न प्रस्ताव नपरेपछि आजबाट २० भारुमा किन्न लागिएको जानकारी दिए । साथै महङ्गोमा विद्युत खरिद गरेसँगै अबका दिनमा आपूर्ति सहज हुने जानकारी दिए ।

भारतबाट विद्युत महंगोमा खरिद गरेसँगै प्रधिकरणलाई १ महिनामै ८ अर्ब रुपैयाँ घाटा हुने समेत घिसिङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्