Logo

दुई विद्यालयका विद्यार्थीहरूलाई प्रभु क्यापिटलद्वारा सेयरसम्बन्धी तालिम

दुई विद्यालयका विद्यार्थीहरूलाई प्रभु क्यापिटलद्वारा सेयरसम्बन्धी तालिम



काठमाडौं । प्रभु क्यापिटलले काठमाडौं र ललितपुरस्थित दुई विद्यालय छनौट गरी सेयर बजारसम्बन्धी तालिम प्रदान गरेको छ ।

विश्व वित्तिय सप्ताह अन्तर्गत गत मंगलबार हेराल्ड कलेज काठमाण्डौका स्नातक तह अन्तरगतका विद्यार्थीहरुलाई इन्भेष्टमेन्ट बैंकिंग र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले जानकारी दिए । झाले नै उक्त तालिमको सहजीकरण गरेका थिए ।

त्यस्तै, ललितपुर जिल्ला अन्तर्गतको बागमति गाउँपालिका-५ इकुडोलस्थित जनजागृति उच्च माविका विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरूलाई बुधबार आधारभूत सेयर तालिम प्रदान गरेको हो ।

उक्त तालिममा ७० जना विद्यार्थी, शिक्षक तथा स्थानीयहरूको सहभागिता रहेको थियो । प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले उक्त तालिमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL