Logo

प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालकमा रेग्मी, श्रेष्ठ, पाण्डे र गौतम चयन

प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालकमा रेग्मी, श्रेष्ठ, पाण्डे र गौतम चयन



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

विस २०७४÷०८÷२८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको यस प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेशबहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिलप्रसाद श्रेष्ठ र डा. बिमला दाहाल रेग्मी रहेका छन् ।

चौथो वार्षिक साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ ।

साथै कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL