Logo

नेपालको अग्रणी एमएमएस सेवा प्रदायक ‘स्पारो एमएमएस’ १२ औँ वर्षमा

नेपालको अग्रणी एमएमएस सेवा प्रदायक ‘स्पारो एमएमएस’ १२ औँ वर्षमा



काठमाडौं । एसएमएस सेवा प्रदायक स्पारोले आइतबारदेखि सेवाको १२ वर्ष पुरा गरेको छ । हाल स्पारोले १० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले सरकारी संस्थाका साथै आपतकालीन र प्राकृतिक प्रकोपको अवस्थामा पनि आफ्नो सेवा प्रदान गर्न सक्षम रहेको जनाएको छ । २०७२ सालको ठूलो भूकम्पको समयमा कम्पनीले प्रामाणिक डाटा प्रदान गरेर मद्दत र स्वयंसेवकहरूको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

कम्पनीले आफ्नो एसएमएस सेवाको रूपमा ब्लक एमएमएस र एपीआई गेटवे प्रदान गर्दै आएको छ। कम्पनीले १२ औं वार्षिकोत्सवको अवसरमा थप सेवा लन्च गर्ने पनि जनाएको छ ।

जानकी टेक्नोलोजी प्रालिले पहल गरेको स्पारो नेपालको अग्रणी एमएमएस सेवा प्रदायक हो भने यही कम्पनीले नेपालका लागि भाइबर व्यवसायको आधिकारिक साझेदार पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL