Logo

फोनपेको बम्पर उपहारमा मोरङका कमलले जिते कार

फोनपेको बम्पर उपहारमा मोरङका कमलले जिते कार



काठमाडौं ।  फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तरगत बम्पर उपहारमा मोरङका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) कार जितेका छन् ।

उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्याण्ट्रो जित्न सफल भएको कम्पनीले जनाएको छ । उनलाई फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गरे ।

फोनपेले अघिल्लो वर्षपनि यस्तै योजना सञ्चालन गरेको थियो । जसमा झापाका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भएका थिए ।यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL