Logo

केयूकेएलको महसुल ई-सेवाबाट भुक्तानी गर्न सकिने

केयूकेएलको महसुल ई-सेवाबाट भुक्तानी गर्न सकिने



काठमाडाैँ । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को खानेपानी महसुल ईसेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।

खानेपानी महसुल भुक्तानी सम्झौतापत्रमा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयूएलका तर्फबाट कामु उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

योसँगै ईसेवामार्फत केयूकेएलका ठिमी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, बानेश्वर, महांकालचौर, ललितपुर, महाराजगन्ज शाखाका ग्राहकले ईसेवाबाटै महसुल भुक्तानी गर्न सक्नेछन् ।

ईसेवा प्रयोगकर्ताले मोबाइलबाटै सिधै शुल्क भुक्तानी गर्न सक्ने र ईसेवा एकाउन्ट नभएका ग्राहकहरूले आफ्नो नजिकै रहेका जोन तथा पोइन्टमार्फत रकम भुक्तानी गर्न सक्ने ईसेवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL