Logo

बजारमा आउनुपूर्व नै मागमा रेकर्ड बनाएको नयाँ सामसङ्ग ग्यालेक्सी एस२२ सिरिज विश्वभर उपलब्ध

बजारमा आउनुपूर्व नै मागमा रेकर्ड बनाएको नयाँ सामसङ्ग ग्यालेक्सी एस२२ सिरिज विश्वभर उपलब्ध



काठमाडौं । सामसङ्ग इलेक्ट्रोनिक्सले रेकर्ड तोड मागलाई पछ्याउँदै पुनःपरिभाषित ग्यालेक्सी एस २२ स्मार्टफोनहरु विश्वव्यापी रुपमा उपलब्ध भएको जानकारी गराएको छ । ‘उपकरणहरु पहिले नै सबैभन्दा लोकप्रिय ब्राण्ड बनेकोमा हामी अत्यन्त हर्षित भएका छौं ।’ सामसुङ्ग नेपालका निर्देशक प्रणय स्थापितले भने – ‘सामसङ्गमा हामी नवीनतम खोजहरु प्रदान गर्न कटिबद्ध छौं र यी नयाँ उपकरणहरुले ग्यालेक्सीका पारखीहरुका लागि अधिकतम रोजाईहरु मात्र प्रदान गर्ने छैनन् अपितु उपकरणहरुको पूरा ग्यालेक्सी इकोसिस्टममा पहुँच भएको र साझेदारहरुसँग वास्तविक रुपमा जोडिएको अनुभव पनि प्रदान गर्नेछ । हामी प्रयोगकर्ताहरुलाई आफ्नो जीवन अझ सजिलोसंग जिउन र अरुहरुसंग सहजताका साथ सम्पर्क गराउनको लागि प्रतिक्षा गर्न सक्दैनौ ।’

ग्यालेक्सी एस २२ र एस २२+ ले अतुलनीय नाइटोग्राफि र ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडियोहरु र फोटोहरुका लागि एआइ उन्नत प्रविधिका साथ परम्परागत नियमहरु भँग गरेका छन् । पहिले ग्यालेक्सी नोटमा मात्र उपलब्ध एस पेन सामर्थ उत्पादकत्व अनुभवका साथ एस सिरिजको सिर्जनात्मक शक्ति संयोजनद्वारा ग्यालेक्सी एस २२ अल्ट्राले स्मार्ट फोनहरुका लागि एक नयाँ अध्याय शुरु गरेको छ ।

ग्यालेक्सी एस २२ सिरिज नेपालमा मार्च १५, २०२२ देखि उपलब्ध हुनेछ ।ग्यालेक्सी एस २२ अल्ट्रा १२ जिबि ¥याम र २ प्रकारको आन्तरिक मेमोरीका साथ उपलब्ध छ । ५१२ जिबि आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस २२ अल्ट्राको बजार मूल्य रु.१,६९,९९९÷ रं २५६ जिबि आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस २२ अल्ट्राको बजार मूल्य रु.१,५९,९९९ कायम गरिएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा तीन आकर्षक रङ्गहरु निख्खर कालो, हरियो र बर्गण्डी रङ्गमा उपलब्ध छ ।

यसैगरी ग्यालेक्सी एस २२+मा ८ जिबि रयाम र २५६ जिबि आन्तरिक मेमोरी रहेका छन् र यसको मूल्य रु.१,२९,९९९ तोकिएको छ, जुन निख्खर कालो, निख्खर सेतो र हरियो रङ्गमा उपलब्ध छ । आधार मोडल ग्यालेक्सी एस २२ पनि ८ जिबि रयाम र २५६ जिबि आन्तरिक मेमोरीका साथ बजारमा उपलब्ध छ र यसको मूल्य रु.१,१२,९९९ निर्धारण गरिएको छ । यो मोडल निख्खर कालो, निख्खर सेतो र हरियो रङ्गमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL