Logo

युनिलिभर नेपाल लिमिटेडले मनायो विभिन्न कार्यक्रमसहित १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस

युनिलिभर नेपाल लिमिटेडले मनायो विभिन्न कार्यक्रमसहित १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस



काठमाडौं । युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले यस मार्च ८, २०२२ मा महिलाहरूका अमूल्य उपलब्धि तथा हालसम्म आर्थिक तथा राजनीतिक रुपमा महिलाको योगदान स्मरण गर्दै र अधिक लैङ्गिक समान दिशामा अग्रसरताकोे स्मरण गराउँदै १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । ‘ब्रेक द बायस’ को मुख्य विषय वस्तुमा आधारित उक्त कार्यक्रम लैङ्गिक पूर्वाग्रह, रुढीवादी धारणा र विभेदमुक्त विविध, समतामूलक र समावेशी कार्यस्थल निर्माण गर्ने विषयमा प्रतिबद्ध रहेको थियो ।

आ–आफ्नो क्षेत्रमा अग्रणी मार्गदर्शक रहनु भएका तीन जना उल्लेखनीय महिलाहरू–वर्षा श्रेष्ठ, बिजनेश हेड, इक्रा नेपाल तथा नेपाली बैंकिङ्ग क्षेत्रकै पहिलो महिला महाप्रबन्धक, उपासन पौडेल – सीइओ, युनाइटेड इन्स्योरेन्स कं (नेपाल) लि. र भावना घिमिरे – निर्देशक, ब्याट एन्ड बल फाउण्डेसन तथा क्रिकेट एशोसिएसन अफ नेपालका पूर्व तथा प्रथम सिइओको विशेष उपस्थिति युनिलिभर नेपाल लिमिटेडको कर्पोरेट कार्यालय, काठमाण्डौंमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको सुरुवातमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले दैनिक जीवनमा महिलाको केन्द्रियता र नेतृत्वको महत्वलाई सम्मान गर्ने सन्देशबाट भएको थियो । कार्यक्रममा मुम्बईबाट भर्चुअल रूपमा उपस्थित हिन्दुस्तान लिभर लिमिटेडका मानव संशाधन महाप्रबन्धक माथन राजले लैङ्गिक सन्तुलित कार्यबल सृर्जना गर्न कम्पनीको प्राथमिकताबारे प्रकाश पारे । त्यसपछि युएनएलका उत्पादन साथसाथै बिक्री कार्यहरू सञ्चालन गर्ने महत्वपूर्ण महिला कर्मचारीहरूको भिडियो संग्रह (मोन्टाज) प्रस्तुत गर्दै उत्सव मनाइयो ।

युनिलिभर नेपाल लिमिटेडका कुल कर्मचारीहरु मध्ये, श्रम क्षेत्रमा १८ प्रतिशत र प्रशासनिक तहमा २० प्रतिशत महिला कर्मचारीहरू रहेका छन् । युएनएलले सन् २०२५ सम्म यो अनुपात क्रमशः बढाएर २१ र २५ प्रतिशतमा पु¥याउने परिकल्पना गरेको छ ।

युएनएल जसले महिला मैत्री कार्यस्थल सिर्जना गर्ने कुरामा विश्वास गर्छ र उनीहरूलाई पुरुषको काम गर्ने तरिकाको अनुकरण नगरी व्यावसायिक रूपमा अघि बढ्ने र फस्टाउने वातावरण दिन्छ । यसर्थ, यसमा महिनावारी सम्बन्धी लचक कार्य नीति, आईभीएफ उपचार सुविधा र स्टेम सेल बैंकिङ्ग सुविधा जस्ता नीति र सुविधाहरू छन् । युएनएलले प्रसूति बिदालाई संशोधित गर्दै अभिभावकीय बिदा तथा प्रसुति पारगमन नीति समेट्दै २६ हप्ताको बनाएको छ । उक्त कार्यक्रममा समाजका सीमान्तकृत महिला, विशेषगरी मानव बेचबिखन वा घरेलु दुव्र्यवहारको जोखिममा रहेकाहरूलाई रोजगारी अभिवृद्धि गर्ने उद्देश्यका साथ माईती नेपालको सहकार्यमा डिसेम्बर २०२१ मा सुरु गरिएकोे युएनएलको संस्थागत सामाजिक उत्तरदायित्व पहल “प्रोजेक्ट आशा” तर्फ ध्यानाकर्षण गराएको थियो ।

कार्यक्रमको केन्द्रविन्दु त्यसपछि सम्मानित तीन अतिथिहरूको प्रेरणादायी व्यक्तिगत कथाहरू वरिपरि केन्द्रित थियो जसले आफ्नो संघर्षको व्यक्तिगत यात्रा र सफलताको अनुभव बाँडे र उनीहरूले आ–आफ्नो संगठनको नेतृत्वलाई कसरी आकार दिए र उनीहरू, सबै पहिलो पटक आ–आफ्नो क्षेत्रमा महिला समकक्षको रूपमा स्थापित भएका हुन । अतिथिका कथाहरू कार्यक्रमको मुख्य आकर्षण थिए जसले ठूलो मात्रामा रहेको पितृसत्तात्मक कर्पोरेट इकोसिस्टम रूपक ‘ग्लास सिलिङ्ग’ लाई तोड्नको लागि उहाँहरूको असीम साहस देखाउँदछ । त्यसपछि पाहुनाका कथाहरूलाई जोड दिदै युनिलिभरका कर्मचारीहरूले आफ्नो जीवनमा #BreakTheBias गर्न साहस गर्ने महिलाका कथाहरु भिडियो सबमिशन मार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्तिम खण्डमा जुम्बा सत्र, फ्ल्यास मोब, उपहार वितरण लगायतका विभिन्न मनोरञ्जनात्मक क्रियाकलापमा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको थियो । यस महिला दिवसमा बहुमूल्य पाहुना र सहकर्मीहरूलाई उपहार दिनको लागि, युनिलिभर नेपालले स्थानीय कच्चा पदार्थको अधिकतम प्रयोगका साथै नेपालका सीमान्तकृत ग्रामीण क्षेत्रका स्थानीय कालिगडरहरूको स्वदेशी ज्ञान र सीपलाई समर्थन गर्न डाँफे वर्क्स इन्टरप्राइजेज नेपाल जस्ले स्वदेशी उत्पादनलाई बढावा दिने डिजाइनर “मेड इन नेपाल” कपडा र सामानहरू सिर्जना गर्दछ, यस संस्थासँग युनिलिभर नेपाल लिमिटेडले सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL