Logo

स्कोडाको ‘युरोपियन–क्लास’को सर्भिस सेन्टर सुरु, ग्राहकले युरोपियन गुणस्तरको सेवा पाउने

स्कोडाको ‘युरोपियन–क्लास’को सर्भिस सेन्टर सुरु, ग्राहकले युरोपियन गुणस्तरको सेवा पाउने



काठमाडौं । एमएडब्लु स्कोडाले काठमाडौंको सीतापाइलामा नयाँ ‘स्टेट–अफ–द–आर्ट’ ‘युरोपियन–क्लास’को सर्भिस सेन्टर सुरु गरेको छ । नयाँ सेन्टरको उद्घाटन ग्राहक अर्थोपेडिक डा चक्रराज पाण्डे र कलाकार अनुप विक्रम शाहीले संयुक्त रुपमा गरेका हुन् । यो सर्भिसको निर्माण स्कोडाको नयाँ ‘कर्पोरेट आइडेन्टिटी’ र डिजाइनमा गरिएको हो । साथै, स्कोडाका ग्राहकले अद्वितीय युरोपियन गुणस्तरको सेवा पाउने कम्पनीले जनाएको छ ।

ग्राहकलाई तुरुन्त सेवा दिन दुई वटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुल सेटसहितको १४ वटा बे रहेका छन् । यहाँ ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचानका लागि ‘इन–हाउस’ ‘टेस्ट ड्राइभ ट्रयाक’ र ठूलो स्पेयर्स पार्ट्स ‘वेयर हाउस’ पनि रहेको छ । युरोपियन क्लासको सर्भिस दिन पाउदा खुसी लागेको स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए । हाल नेपालका नौ वटा सहरमा स्कोडाको सर्भिस नेटवर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL