Logo

सगरमाथा इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

सगरमाथा इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले देउरी स्वास्थ्य चौकीको पूननिर्माण तथा एक थान एम्बूलेन्स खरिदका लागि रु. १५ लाख बराबरको रकम उपलब्ध गराएको छ । त्रियुगा न.पा. वडा नं. ५ स्थित स्वास्थ्य चौकीमा फागुन २८ गते आयोजित एक कार्यक्रमकाबिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको साँचो त्रियुगा न.पा.का प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गरे ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरेर आपतकालिन अवस्थामा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी एम्बुलेन्स सेवालाई सहज बनाउने उद्देश्यले उदयपुर सिमेन्ट उद्योगको अनुरोधलाई स्वीकार गरी एम्बुलेन्स उपलब्ध गराईएको जानकारी गराए ।

स्वास्थ्य चौकीमा एम्बुलेन्सको उपलब्धतापश्चात वरपर क्षेत्रका बासिन्दालाई सस्थ्य सेवा लिन सहज हुने धारणा उनले ब्यक्त गरे । बीमा सम्बृद्धिको आधार रहेको र नेपालमा बीमा शूल्क सोचे जस्तो महंगो नभएको र बीमाको पहुँंच सर्वसुलभ बनाउन सरकारले कृषि तथा पशूपंक्षी बीमाका लागी ८० प्रतिशत अनुदान दिएको जानकारी गराउंदै बीमाको प्रचार प्रसारमा जोड दिन आवश्यक रहेको क्षेत्रीले बताए ।

?उश्रसोही कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालालाई आवश्यक पर्ने प्राविधिक जनशक्तिको ब्यवस्थापनका लागी उदयपुर सिमेन्ट उद्योग लिका तर्फबाट महाप्रवन्धक गोपिकृष्ण न्यौपानेले देउरी स्वास्थ्य चौकीलाई रु सात लाखको चेक समेत हस्तान्तरण गरिएको थियो । उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त ब्यवस्थापनमा संचालन गर्ने गरी एम्बुलेन्स हस्तारन्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL