Logo

बोटलर्स नेपालविरुद्ध मुद्धा दायर, ७ अर्ब ४३ करोड बढी विगो दावी

बोटलर्स नेपालविरुद्ध मुद्धा दायर, ७ अर्ब ४३ करोड बढी विगो दावी



काठडमाडौं । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल विरुद्ध करछलीको मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको विगो दावीसहित मुद्धा दर्ता गरेको हो । पछिल्लो १४ महिनादेखि विभागले कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाल लिमिटेडको स्वामित्व किनबेचमा अनुसन्धान गरिरहेको थियो ।

विभागले कोकाकोलाको नेपालका लागि बोटलिङ कम्पनी बोटलर्स नेपाल लिमिटेडमा २०७७ मंसिर २३ गते १ बजे छापा मारेर सम्पूर्ण महत्वपूर्ण दस्तावेज, कम्प्युटर हार्डडिस्क, ल्यापटप कब्जामा लिएर अनुसन्धान सुरू गरेको थियो ।

बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ । बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL