Logo

नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी सञ्चालन गर्ने, नाम दर्ताका लागि अनुरोध

नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी सञ्चालन गर्ने, नाम दर्ताका लागि अनुरोध



काठमाडौं । नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २८ (शनिवार) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । यो दिन प्राडा रविन जोशी, डा इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो ।

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म (२ घण्टा) सञ्चालन हुने अस्पतालले जनाएको छ ।

मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरूले ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स एप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL