Logo

बुढानीलकण्ठमा डिशहोम फाइबरनेटको सह-वितरण सोरुम, बिक्री र बिक्रीपछिको सेवा उपलब्ध

बुढानीलकण्ठमा डिशहोम फाइबरनेटको सह-वितरण सोरुम, बिक्री र बिक्रीपछिको सेवा उपलब्ध



काठमाडौं । नेपालभर डिटिएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले हात्तीगौडा, बुढानीलकण्ठमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ ।

फागुन २२ देखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सीएम ट्रेडिङअन्र्तरगत रहेको लक्की ग्यालरीले सञ्चालन गर्नेछ ।

सोरुम समुद्घाटनमा डिशहोमका तर्फबाट क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, सागर नारायण जोशी, र्मोकेटिङ अफिसर अनिल ठाकुर र सीएम ट्रेडिङका तर्फबाट गोपालमान श्रेष्ठ, सेल्स अफिसर प्रकाश श्रेष्ठ र विक्रम लामाका उपस्थितिमा सम्पन्न भएको थियो ।

लक्की ग्यालरीले विगत लामो समय देखि डिश मिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डीटीएच सेवा, ग्राहकमाझ पु¥याउँदै आएकोले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा पनि गर्नेछ ।

१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको लक्की ग्यालरी अब अझ बढी ग्राहकमाझ पुग्न काम गर्ने लक्की ग्यालरी सञ्चालक राजन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL