Logo

फुजिमा आयलले देशभरका महिलाको स्तन क्यान्सर परीक्षण निःशुल्क गराउने

फुजिमा आयलले देशभरका महिलाको स्तन क्यान्सर परीक्षण निःशुल्क गराउने



काठमाडौँ । फुजिमा आएल कम्पनी प्रालिले देशभर महिलाहरुमा हुने स्तन क्यान्सरको निःशुल्क परीक्षण गराउने भएको छ । अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा मंगलबार पत्रकार सम्मेलन गरी कम्पनीले यो वर्ष भरी नै नेपालभरका महिलामा देखिने स्तन क्यान्सरको निःशुल्क परिक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुव्रिकेन्ट्समा प्रतिलिटर एक रुपैयाँ छुट्याएको जनाएको छ ।

कम्पनीले विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर परीक्षण गराएर यस अभियानको शुरुवातसमेत गरेको छ।

ग्लोबल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांक अनुसार नेपालमा ९।६० प्रतिशत महिलामा क्यान्सर रोग पाईएको छ । जनगणना २०७८ अनुसार कुल जनसंख्थाको ५१।५ प्रतिशत महिलाको संख्या रहेको छ । जुन १ करोड ३६ लाख ४४ हजार ६ सय ६९ हुन आउँछ । त्यस मध्य ९।६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको एक अध्ययन ले देखाइको छ । क्यान्सरको यस भयावह अवस्थालाई नेपाली महिलाको जीवन रक्षाका लागि समयमा नै अस्पताल पुगी परीक्षण गराउन प्रत्साहन स्वरुप फुजिमा आयल कम्पनीले अभियान सुरु गरेको जनाएको हो ।

यस्तै करिब तिन दशकदेखि आफ्नो उत्पादन बजारमा ल्याइरहेको फुजिमा आयल कम्पनीले आफ्नो उत्पादनमा प्रयोगपछिको समेत ग्यारेन्टिका लागि आफ्नो उत्पादन हरु कन्ट्रोल लुव्रिकेन्ट्स, म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिजमा नेपालमै पहलो पटक प्रडक्ट लायबलिटी इन्स्योरेन्स गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL