Logo

डकुमेन्ट एआइ स्टार्टअप ‘डकसुमो’ ले ३.५ मिलियन डलर उठायो, नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउने लक्ष्य

डकुमेन्ट एआइ स्टार्टअप ‘डकसुमो’ ले ३.५ मिलियन डलर उठायो, नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउने लक्ष्य



काठमाडौं । उद्यमहरुलाई ग्राहकका कागजातहरुबाट स्वचालित निर्णयहरु गर्न मद्दत गर्ने ‘डकसुमो’ एक डकुमेन्ट एआइ स्टार्टअपले हालैबीच पूँजीमा ३.५ मिलियन डलर (करिब ४३ करोड नेरु) उठाएको छ । यो कम्पनी युवा नेपाली ढाटा बैज्ञानिकबाट उद्यमी बनेका बिक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले जनवरी २०१९ मा सह स्थापना गरेका थिए ।

स्टार्टअप मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरुद्धारा सञ्चालित छ जसले व्यवसायहरुलाई वित्तीय कागजातहरु स्वाचालित रुपमा पढ्न र त्यसको आधारमा निर्णय गर्ने मद्दत गर्दछ । Fifth Wall, Arbor Realty Trust र वर्तमान लगानीकर्ता Better Capital को सहभागितामा Common Ocean द्धारा राउण्डको नेतृत्व गरिएको थियो । स्टार्टअपले नयाँ कोषलाई नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक आधार बढाउन नयाँ कोष प्रयोग गर्ने योजना बनाएको छ ।

बिक्रम डेटा एन्ट्री क्लर्क हुनुहुन्थ्यो र उनले प्रत्यक्ष रुपमा नै म्यानुअल एन्ट्री गर्न कति गाह्रो र दिक्कलाग्दो हुन्छ भनेर अनुभव गरेका थिए । वास्तवमा, अधिकांश कागजात मिलाउने प्रकृया एशियाली देशहरु जस्तै भारतमा आउटसोर्स गरिन्छ, जहाँ ठूलो संख्यामा मानिसहरु वित्तीय सेवाहरुको लागि आवेदनहरु प्रक्रिया गर्छन । टिमले मनिसले गर्ने मुख्य पक्ष टेक्स्ट पढ्नेलाई स्वचालित गर्न मेशिन लर्निङ प्रविधि लागू गर्दैछ ।

लगानीबारे टिप्पणी गर्दै विक्रमले भने, ‘हामीलाई पहिलो दिनदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो । हामीसँग हाल काठमाडौंमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरू काम गरिरहेका छन् । हामी यो वर्षको अन्त्यसम्ममा यो संख्या १०० पुग्ने योजनामा छौं । हाम्रो उद्देश्य नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो ।’

पछिल्लो १२ महिनामा, ‘डकसुमो’ ले मुम्बई र काठमाण्डौंमा आफ्नो टिम बढाएको छ र ६ गुणा आयवृद्धि अनुभव गरेको छ । यसले हाल संयुक्त राज्य अमेरिका (US), EU र एशियाका प्रमुख उद्यमहरूलाई सेवा दिन्छ । Docsumo पहिला सन् २०२० मा Techstars लण्डन एक्सेलेटरको हिस्सा थियो र Barclays, Sequoia, Jupiter Money & का जितेन गुप्ता र पाइन ल्याब्सका अमरिश राउबाट प्रि-सीड राउन्ड उठाएको थियो।

यस नयाँ लगानीसँगै, ‘डकसुमो’ले थप प्रयोगका केसहरू-ग्राहक अनबोर्डिङ, आम्दानी प्रमाणिकरण, वित्तीय ठगी पत्ता लगाउने, अन्डरराइटिङका लागि डेटा, र विश्लेषकहरूले हाल ह्यान्डल गरेका अन्य महत्वपूर्ण, दैनिक कार्यहरू समेट्नका लागि आफ्ना उत्पादनहरू बढाउने योजना बनाएको छ । कोभिडले उद्यम स्वचालन र व्यापारका प्रक्रियाहरूको थप एपीआई-फिकेशनलाई अगाडि बढाएको छ, यी दुवै हाम्रो सफ्टवेयरलाई छिटो अंगाल्न सघाउ गर्ने उत्कृष्ट सहयोगी तत्वहरू हुन् । ‘रुषभले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL