Logo

इसेवा वालेटबाट अब बिना शुल्क देशभरी रेमिट्यान्स पठाउन सकिने

इसेवा वालेटबाट अब बिना शुल्क देशभरी रेमिट्यान्स पठाउन सकिने



काठमाडौं । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएको छ । यो सुविधा जेठ १७ गतेसम्म चालु रहने इसेवाले जनाएको छ ।

इसेवा वालेटका प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफर मार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभरी रहेका १० हजार बढी भुक्तानी केन्द्र तथा ५ हजार बढी इसेवाका एजेन्ट मार्फत तुरुन्तै पाउने व्यक्तिको हातसम्म पुग्नेछ ।

हालसालै नपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन २५,००० सम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरेसँगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोबारलाई प्रोत्साहन गर्न यस ुशून्य शुल्कमा रेमिट्यान्सु सेवाले निकै ठुलो टेवा पुर्याउने अपेक्षा गरिएको इसेवाले जनाएको छ ।

त्यस्तै, यस ३ महिने शून्य शुल्कमा रेमिट्यान्स सेवा अवधिका दौरान, ईसेवाले ३ महिनासम्म हरेक महिना १ जना विजेतालाई एउटा रेडमफ ९ आइ स्मार्ट फोन दिने योजना समेत ल्याएको छ । त्यसका लागि, इसेवा वालेट प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरी इसेवा मनी ट्रान्सफरमा गइ तोकिएको विवरण पुरा गरी रेमिट्यान्स पठाउनु पर्नेछ ।

इसेवाले नेपालका सुविधा सम्पन्नदेखि दुरदराज विकट क्षेत्रहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL