Logo

महिला चेम्बर अफ कमर्सद्वारा ११२ औं नारी दिवस मनाइयो, कोभिड १९ को प्रभाव र समाधान बारे विश्लेषण

महिला चेम्बर अफ कमर्सद्वारा ११२ औं नारी दिवस मनाइयो, कोभिड १९ को प्रभाव र समाधान बारे विश्लेषण



काठमाडौं । महिला चेम्बर अफ कमर्सले कोभिड १९ महामारी र यसले महिला उद्यमीमा पारेको प्रभावको विश्लेषण गर्दै ११२ औ नारी दीवस मनाएको छ । महिला कमर्सले चेम्बर अफ कमर्सको भवनमा सोमवार उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले महिलाले गर्ने ब्यवसायमा सरकारले सहयोग प्रदान गर्दै आएको भएता पनि उक्त ब्यवसायलाई प्रोत्साहन गर्न सहयोगको दायरा बढाउनुपर्ने बताइन । यसका साथै उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा सुविधाको अभाव र आयकर भ्याट लगायतमा समस्या रहेको उनले बताईन ।

उक्त कार्यक्रममा महिलालाई अहिलेको अवस्थाबाट माथि उठाउन उद्यमशिलताको विकास गर्दै उद्यमी बनाउने किसिमका कार्यक्रममा जोड दिनुपर्ने महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रि उमा रेग्मीले बताइन । उनले महिला सम्बन्धि योजना बनाउँदा डोको बोकेर दैनिकी चलाउदै आएका महिलाको तस्बीर हेर्दै योजना बनाउनु आवस्यक रहेको जानकारी दिईन् ।

‘जब सम्म डोको बोक्ने महिलाको जीवनस्तरमा उल्लेख्य परिवर्तन हुँदैन तवसम्म दिवस मनाउँदैमा खुसि हुन सकिँदैन,’ उनले भनिन्, ‘महिलाद्वारा उत्पादीत वस्तुको बजारीकरणका साथै महिलालाई विना धितो क्रण दिने व्यवस्था पनि तत्काल गर्नुपर्नेछ ।’

हाल मन्त्रालयमा विनियोजन भएको बजेटमध्ये धेरै बजेट कर्मचारीको तलब भत्तामै खर्च हुन्छ । जसका कारण मन्त्रालयले योजना बनाएअनुसार काम गर्नमा कठिनाई भईरहेको मन्त्री रेग्मीले बताईन । उनले अब यो समस्या समाधान गर्नका लागि भन्दै आगामी बर्षको बजेटमा मन्त्रालयलाई मात्रै १ अर्ब ४५ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको जानकारी दिईन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ग्रामीण भेगमा रहेको बाँझो जग्गामा उत्पादन गर्ने गरी योजना अगाडी बढाउनुपर्ने बताए । चेम्बर अफ कमर्स व्यवसायीहरुको छाता संगठन भएका हिसाबले कृषकले गरेको उत्पादनलाई लोगो र बजारीकरण गर्दै सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्