Logo

स्मार्टडोकोले ल्यायो ‘वुमन्स डे अफर’, महिला लक्षित सामानमा ४० प्रतिशतसम्म छुट

स्मार्टडोकोले ल्यायो ‘वुमन्स डे अफर’, महिला लक्षित सामानमा ४० प्रतिशतसम्म छुट



काठमाडौं । यस नारी दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो ई-कर्मस स्मार्टडोकोले ‘वुमन्स डे अफर’ ल्याएको छ । स्मार्टडोकोले नारी केन्द्रित सामानहरुमा ४०% सम्म छुट प्रदान गर्दैछ ।

साथै महिलाहरुले न्यूनतम रु २००० को किनमेल गर्दा रु २०० को गिफ्ट कार्ड पाउन सक्नेछन् र यस नारी दिवसको अवसरमा ‘ट्याग एण्ड विन’ समावेश गरिएको छ जहाँ २ जना भाग्यशालीले स्मार्टडोकोको इन्सटाग्राममा कमेन्ट गरि स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् ।

स्मार्टडोकोले Earth Rhythm, Mamaearth, Tresemme, Victoria’s Secret, Dot & Key र अन्य धेरै ब्रान्डहरुमा ४०% सम्म छुट सहित महिला केन्द्रित सामानहरुमा उत्कृष्ट डिल र छुटहरु प्रदान गर्दैछ ।

स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी प्रडक्टहरु विभिन्न क्याटेगोरीमा उपलब्ध छन्, जस्मा ग्राहकले सजिलैसँग बेबी केयर, इलेक्ट्रोनिक्स, फू्रड एण्ड ग्रोसरिज, तथा विभिन्न प्रकारका सामान खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले आफ्नो मनपर्ने सामानहरु एन्ड्रोइड र आइओएस दुबैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत् पनि अर्डर गर्न सक्नेछन् । स्मार्टडोकोका ग्राहकहरुले काठमाडौं उपत्यकाको रिङरोडभित्र तुरुन्त डेलिभरी र काठमाडौं उपत्यका बाहिर नेपालका ७७ जिल्लामा डेलिभर सेवा उपलब्ध गराइएको छ । योस अफर फाल्गुन २२, २०७८ देखि फाल्गुन २४, २०७८ सम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL