Logo

केन्टका इलेक्ट्रिक सामाग्रीहरुको रिटेलर सम्मेलन जनकपुरमा सम्पन्न

केन्टका इलेक्ट्रिक सामाग्रीहरुको रिटेलर सम्मेलन जनकपुरमा सम्पन्न



काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नं.१ इलेक्ट्रिक ब्राण्ड बन्न सफल केन्ट इलेक्ट्रिकले जनकपुरस्थित सिताशरण होटलमा फागुन २० गते एक ठूलो कार्यक्रम गरी रिटेलर सम्मेलन सम्पन्न गरेको छ ।

१०० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा केन्टले आफ्ना सम्पूर्ण इलेक्ट्रिक सामाग्रीहरु (फ्यान, मोडुलर स्विच, गिजर, हिटर आदी) को प्रदर्शन गरि उक्त सामाग्रीहरुको बारेमा बिस्तृत जानकारी पनि दिएको थियो । कार्यक्रममा आफ्ना उत्कृष्ट रिटेलरलाई विभिन्न अवार्ड वितरण गरी सम्मान समेत गरिएको थियो ।

सो कार्यक्रममा केन्ट भारतका एम.डि. चिराग गुप्ता र एक्पोर्ट हेड दिपक अग्रवाल लगायत सिजी इओएलका पदाधिकारीहरुको उपस्थिति जनाएको थियो । आफ्ना रिटेलर महानुभावहरुलाई प्रोत्सान गर्नका निम्ती केन्टले विभिन्न किसिमका आकर्षक योजनाहरु पनि सोही कार्यक्रम मार्फत घोषणा गरेको थियो ।

केन्ट भारतको सर्वाधिक रुचाईयको तथा लोकप्रिय कम्पनी हो । जसका विभिन्न इलेक्ट्रीक उत्पादनहरु चौधरी ग्रुपको साझेदारीका रुपमा नेपालमा विक्री तथा वितरण भई आईहरेको छ । आगामी दिनहरुमा पनि चौधरी ग्रुपको सहकार्यमा अझै आक्रामक रुपमा बजार विस्तार गर्दै जाने केन्ट इलेक्ट्रीक र चौधरी ग्रुपका पदाधिकारीहरुले जनाएका छन् ।

साथ साथै चौधरी ग्रुपले आफ्नै ब्राण्ड सि.जी. का पनि विभिन्न इलेक्ट्रीक सामानहरुको बारेमा जानकारी गराएको छ । बजारमा केन्ट र सि.जी. इलेक्ट्रिकका विभिन्न सामनहरु जस्तै पंखा, मोडुलर स्विच, गिजर, हिटर, वल्भ, सेमि मोडुलर स्विच, आर.जि.बी.प्यान लाईट, सर्फेस प्यानल लाईट, एम.सि.बि., सब मिटर साथै अरु थुप्रै सामानहरु नेपालभरि सहुलियत मूल्यमा उपलब्ध रहेको छ । आउने दिनहरुमा आफ्ना ग्राहक, डिलर, रिटेलरहरु माझ यस्तै विभिन्न कार्यक्रमहरु गर्ने बारेमा पनि केन्टले प्रतिबद्धता जाहेर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL