Logo

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्य चेम्वरको कार्यसमितिमा मनोनित

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्य चेम्वरको कार्यसमितिमा मनोनित



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्यमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य मनोनीत भएका छन् । चेम्वरको ८ औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फवाट सदस्यमा मनोनित गरेको हो ।

चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको विधान अनुरुप शाक्यलाई सदस्यमा मनोनित गरेको बताए ।

चेम्वरले आफुलाई कार्यसमितिमा मनोनित गरेकोमा अध्यक्ष शाक्यले खुशी ब्यक्त गरेका छन् । उनले आफ्नो तर्फवाट चेम्वरको उद्धेश्य पूर्तिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । चेम्वर मुलुकको सवैभन्दा पुरानो निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
MBL